जब नग्न भिडियाे श्रीमान् र आफूले चलाएको फेसबुकको म्यासेन्जरमा आयो…
काठमाडौं । श्रीमान् र श्रीमती एउटै फेसबुक चलाउँथे । म्यासेन्जरमा गरिने कुराकानी, फाेटाे र भिडियाे दुबैकाे पहुँजमा थियाे । त्यहीबीच २७ चैत २०८२ मा म्यासेन्जरमा श्रीमतीकाे याैनाङ्ग देखिने नग्न भिडियाे आयाे ।
पठाउने थिए- शेख नसिम । उनकाे घर राैतहटकाे प्रतापुर पल्टुवा हाे। श्रीमान् र श्रीमती दुवै सल्यानकाे बागचाैर नगरपालिका-२ का हुन् । श्रीमती र नसिमबीच सल्यानकै एक झोला उधोगमा काम गर्दा चिनजान भयाे । बाेल्दै जाँदा पिरती बस्याे । कतिसम्म भने उनीहरु भिडियाे कलमा आ-आफ्नाे याैनाङ्गसमेत प्रदर्शन गर्न थाले ।
नसिमका अनुसार उनले ती महिलाले याैनाङ्ग प्रदर्शन गरेकाे भिडियाे माेबाइलमा स्क्रिन रेकर्ड गरे । साेही भिडियाे मागेपछि उनले पठाए । ती महिलाले भने नसिमकाे कुरा अस्वीकार गरेकी छन् ।
उनले प्रहरीसँग भनेकी छन्- ‘२०८१ काे पुस महिनातिर मादक पदार्थ सेवन गरेर राति अन्दाजी १० बजेतिर आफ्नाे काेठामा आएर खुकुरी देखाउँदै याैनाङ्ग देखिनेगरी कपडा फुकाल्नू, नभए तेराे छाेराछाेरीलाई मारिदिन्छ भन्दै फुकाल्न लगाएर त्यसकाे भिडियाे खिचेका रहेछन् ।’
साेही भिडियाे गत वर्षकाे २७ चैतमा ती महिला र उनका श्रीमानले चलाउने फेसबुककाे म्यासेन्जरमा नसिमले पठाए । आफ्नै श्रीमतीकाे नग्न भिडियाे आएपछि श्रीमान् चकित भए । श्रीमान् र श्रीमतीबीच तनाव भयाे । यसपछि श्रीमती प्रहरीकहाँ पुगिन् । नसिमले गरेकाे विधुतीय कसुर भन्दै उनले जाहेरी दिइन् ।
प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत सल्यानमा नसिमविरुद्ध आराेपपत्र दायर गरेकाे छ ।
आराेपपत्रमा नसिमलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म सजायकाे मागदाबी गरिएकाे छ ।
