सुब्बाविरुद्ध ५ करोड भ्रष्टाचारको आरोप, फेरि अदालत पुग्याे अख्तियार
अपराध
काठमाडौं । जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नायव सुब्बा बलिराम प्रसाद कुर्मीविरुद्ध फेरि भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले हुलाक बचत बैँक बारामा बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
अख्तियारका प्रवक्ता सुरेश न्याैपानेका अनुसार कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा ५ कराेड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगाे मागदाबी गरिएकाे छ ।
विशेष अदालतले यसअघि गत वर्षकाे २२ माघमा साेही मुद्दामा फैसला गरेकाे थियाे । उक्त फैसलाबाट आंशिक सफाई दिएको भन्दै चित्त नबुझेकाे भन्दै अख्तियार फेरि विशेष अदालत गएकाे हाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
