`

कांग्रेस फुट्नै लाग्यो, गगनमा अहंकार पलायो – पूर्णबहादुर खड्का

Nepal One HD २ जेठ २०८३ १७:००
नेपाली कांग्रेस

काठमाडौं । कांग्रेस फुट्नै लागेको नेता पूर्णबहादुर खड्काले बताएका छन् । उनले पार्टी सभापति गगन थापामा अहंकार पलाएको भन्दै गम्भीर आपत्ति जनाए ।

पूर्वकार्यवाहक सभापतिसमेत रहेका खड्काले यसतै भइरहे कांग्रेस एक भइरहन नसक्ने बताए । सभापति गगनकै कारण पार्टीले गएको चुनावमा ठूलो हार बेहोरेको पनि उनको आरोप छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘ ‘व्यक्तिगत अहङ्कार र स्वार्थले सङ्गठनलाई क्षति पुर्‍याएको छ । नेताहरूले आफ्ना व्यक्तिगत आडम्बर, पारिवारिक स्वार्थ, धनको मोह र नातागोताको सम्बन्धभन्दा माथि उठेर कार्यकर्तामाझ जानुपर्ने छ ।’

उनका बुझाइमा अहिले पार्टीभित्र कुँडिएका क्रियाशील सदस्यहरूको मनमा गएर, हात जोडेर, गल्ती स्वीकार गर्दै सुध्रिने प्रतिबद्धता जनाउनुको विकल्प छैन ।

गत वर्षको पुसन अन्तिम साता तत्कालीन महामन्त्री गगन थापा सभापति शेबरहादुर देउवालाई अपदस्त गर्दै पार्टी नेतृत्वमा आएका थिए । त्यसपछिको निर्वाचनमा कांग्रेसले लज्जास्पद ढंगले चुनाव हार्‍यो ।

अहिले देउवानिकट नेता खड्का उक्त चुनावमा भएको हारको दोष पनि सभापति थापालाई दिने गरेका छन् र पार्टी पनि फुट्नै लागेको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *