`

सरकार विरुद्ध सडकमा उत्रिए भूमिहीन सुकुम्बासीहरू [तस्वीरहरू]

Nepal One HD ३ जेठ २०८३ १७:२८
फोटोफिचर

रूपन्देही । अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । सरकारले वैकल्पिक पुनर्वासको व्यवस्था नगरी वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउन खोजेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो । प्रदर्शनकारीहरूले मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकसम्म र्‍याली निकालेपछि विरोध सभा गरेका थिए ।

आयोजकका अनुसार प्रदर्शनमा तराईका २२ जिल्लाबाट आएका सुकुम्बासीहरूको सहभागिता रहेको थियो । संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले पुनर्वासको विकल्प नदिई डोजर चलाएर हटाउने प्रयास गरिएकाले विरोध गर्नुपरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *