प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ : नेकपा
बिशेष
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले जेठको पहिलो सातामै प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभा कार्यसम्पादन नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने बताएकी हुन्।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आज जेठ ४ गते भइसकेको र अब लगातार संसद् बैठक बस्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने अपेक्षा व्यक्त गरिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
