कार्की आयोग र थापा समितिको जेन-जी घटना प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसदको माग
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह कार्कीले कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गर्न माग गरेका छन् ।
उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नबाट रोकिएकोमा जवाफ माग गरेका छन् ।
दुवै प्रतिवेदन रोकेर जनतालाई झुक्याउने खेल अस्वीकार हुने सरकारलाई चेतावनी दिए ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा सोमबार बोल्दै उनले भने, ‘किन र कसको स्वार्थमा रोकिएको छ ? यो संसदलाई जानकारी गराउनुपर्यो ।’
उनले २४ भदौमा नेपाली जनता राज्यविहीनताको स्थितिमा रहनुपरेको स्मरण गर्दै आइन्दा यस्तो कहिल्यै नहोस् भन्ने कामना गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
