`

विद्यार्थी संगठनको अवमूल्यन स्वीकार्य छैन : कांग्रेस सांसद गीता गुरुङ

Nepal One HD ४ जेठ २०८३ १२:३२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले रास्वपा सांसद राजीव खत्रीले विद्यार्थी संगठनहरूलाई अराजकता मच्चाउने र गुण्डागर्दी गर्ने समूहको रूपमा गरेको टिप्पणीप्रति गम्भीर असहमति जनाएकी छन् ।

उनले आफूहरू शैक्षिकस्थलमा अराजकता हुन नहुने पक्षमा रहेको भन्दै यदि सांसद खत्रीले भनेजस्तै भए छानबिन गर्न चुनौती दिइन् ।

तर, विकृतिलाई देखाएर विद्यार्थी संगठनहरूको अवमूल्यन गर्न चेतानवी दिएकी छन् ।

‘शैक्षिकस्थलहरूमा अराजकता हुनुहुँदैन भन्ने कुरामा हामी प्रष्ट छौँ । तर, विकृतिलाई देखाएर इतिहासमाथि अवमूल्यन गर्ने काम हामीलाई स्वीकार्य छैन,’ उनले भनिन् ।

उनले रास्वपातर्फ लक्षित गदै सोही दलका नेताहरूमाथि प्रश्नैप्रश्न उठेको भन्दै के उक्त दलको औचित्य छैन भन्न मिल्छ ? भन्दै प्रश्न गरिन् ।

अहिले नेपाली जनताले भोग गरिरहेको स्वतन्त्रता विद्यार्थी संगठनहरूले विगतमा परिवर्तनका लागि भएका आन्दोलनको अग्रभागमा उभिएर बगाएको रगत र वलिदानको उपज भन्दै विद्यार्थी संगठनहरूमाथि गरिएको अवमूल्यन स्वीकार्न नसकिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *