`

‘पूर्व गृहमन्त्रीलाई चोख्याउन आयोग नै लागिरहेको आशंका र चर्चा छ’

Nepal One HD ४ जेठ २०८३ १२:४९
बिशेष

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्व गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै कडा टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आयोगको गतिविधिमाथि निगरानी राख्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन गरियोस्।’

उनले थपे, ‘संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिरहेको जनस्तरमा आशंका र चर्चा छ। कुनैपनि शक्तिशाली पदमा बसेको व्यक्तिले कानुन भन्दा माथि रहने उन्मुक्ति पाउनु हुँदैन । आयोगले कसैले दबाव र प्रभावमा रहेर चोख्याउने काम नगरोस् ।’

उनले कुनै पनि शक्तिशाली व्यक्ति कानुनभन्दा माथि हुन नहुने भन्दै उनले आयोगलाई दबाब र प्रभावबाट टाढा रहन चेतावनीसमेत दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *