भावी प्रधानन्यायाधीशको मुद्दा दर्ता गर्न कर्मचारी थरथर
काठमाडौं । कायममुकामय प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धका रिट निवेदनहरू दर्ता गर्न कर्मचारी हच्किएका छन् ।
मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार भद्रकाली मिश्र र मानबहादुर कार्की शर्माविरुद्धका रिट निवेदनहरू कायममुकायम प्रधानन्यायाधीश मल्लको आदेश हुँदा पनि ‘सम्भव नहुने’ संकेत गर्दै अदालतबाट निस्किएका छन् ।
मल्लले सोमबार दिउँसो १ बजेसम्ममा दर्ता गर्न आदेश दिएकी थिइन् । मल्लसँग मुख्य रजिष्ट्रार विमल पौडेल असन्तुष्ट छन्, जसले गर्दा पनि शर्माविरुद्धको निवेदन अघि बढ्न नसकेको हो ।
रोलक्रम मिचिएको र बरिष्ठताक्रमको परम्परा तोडिएको भन्दै असन्तुष्ट न्यायाधीशहरूले ती रिट निवेदनमा केही अस्वभाविक आदेश गर्न सक्ने आशंकाका साथ दर्तामा ढिलाइ भएको हो ।
कर्मचारीहरू अहिले पनि संसदीय सुनुवाइ प्रक्रियालाई नजिकबाट नियालिरहेका छन् ।
