`

सम्पदा र विकासलाई सन्तुलित बनाउन सरकारको ठोस कार्ययोजना के हो? : थेबे

Nepal One HD ५ जेठ २०८३ १२:३८
प्रमुख खबर

काठमाडौं । ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबेले पाथीभरा मन्दिर जाने निर्माणाधीन केबलकारको काम रोकिएको विषयमा सरकारसँग प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले मौखिक आदेशका आधारमा काम रोकिएको भन्दै त्यसको आधिकारिकता स्पष्ट गर्न सरकारसँग माग गरे ।

‘संवेदनशील विषयमा सरकार मौन बस्न मिल्दैन । सरकारको स्पष्ट धारणा के हो ?’ उनले भने, ‘स्थानीय समुदाय, धार्मिक आस्था, सांस्कृतिक सम्पदा र विकासबीच सन्तुलन कायम राख्न सरकारको ठोस कार्य योजना के हो ?’

सांसद थेबेले  आधिकारिक जानकारी आवश्यक रहेको बताए ।

‘स्पष्ट मौखिक आदेश होइन, सरकारी स्पष्ट धारणा चाहिएको छ,’ उनले भने, ‘सबै पक्षबीच विश्वासको वातावरण बनाइयोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *