३७ पासपोर्टसहित दिल्ली हिडेका अजित एयरपोर्टबाटै परे पक्राउ
अपराध
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ वटा राहदानी (पासपोर्ट)सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाका अजित श्रेष्ठ रहेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मंगलवार दिउँसो पक्राउ गरेको हो ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी नेपाल एयरलाइन्सको उडानमार्फत भारतको दिल्ली जान लागेका थिए ।
थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पठाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
