`

बकर ईदमा सार्वजनिक बिदा, लगातार चार दिन बिदा किन ?

Nepal One HD ८ जेठ २०८३ १२:३४
प्रमुख खबर

काठमाडौं। सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अजहा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबार सार्वजनिक बिदा रहने जानकारी दिएका हुन् ।

सरकारले यसअघि नै गत फागुन १८ गते राजपत्रमार्फत बकर ईदमा बिदा दिने निर्णय सार्वजनिक गरिसकेको थियो । मुस्लिम आयोगले पनि जेठ १४ गते नै ईद परेको जानकारी गराएपछि सोही अनुसार बिदा कार्यान्वयन गरिएको हो ।

त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पनि सार्वजनिक बिदा परेको छ । त्यसपछि शनिबार र आइतबार नियमित बिदा हुने भएकाले लगातार चार दिन बिदा हुने भएको छ ।

pR-1779429805.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *