`

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

Nepal One HD ८ जेठ २०८३ १४:२६
प्रमुख खबर

काठमाडौं। दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा उक्त रिटको पेशी तोकिएको हो ।

यसअघि बुधबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको थियो ।

दुर्गा प्रसाईंलाई मंगलबार पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएको हो । पर्सा प्रहरीले उनलाई नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *