`

यात्रुहरू पिसाब फेर्न ओर्लिए लगत्तै पाँचथरमा पिकअप भिरदेखि खस्यो, चालकको मृत्यु

Nepal One HD ८ जेठ २०८३ १४:४२
प्रमुख खबर

काठमाडौं । यात्रुहरू पिसाब फेर्न ओर्लिए लगत्तै पाँचथरमा अचानक पिकअप गुडेर भिरदेखि खस्दा चालकको मृत्यु भएको छ । मृतक चालक ३५ वर्षीय गोपाल भट्टराई हुन् ।

उनी झापाको बाह्रदशी गाउँपालिका–५ का हुन् । शुक्रबार बिहान उनले चलाएको प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप पाँचथरको याङवरक गाउँपालिका–६को अर्चले भन्ने स्थानमा रहेको भिरबाट खसेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको पाँचथरका डीएसपी अनिशकुमार कर्णले बताए । पिकअपमा सवार दुई जना यात्रु पिसाब फेर्न ओर्लिए लगत्तै पिकअप दुर्घटनामा परेको हो।

उनको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल फिदिममा ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *