जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा नयाँ एमजी हेक्टर सार्वजनिक(तस्वीरहरु)
जीवनशैली/स्वास्थ्य
काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रालि, एमजी मोटर इन्डियाको आधिकारिक आयातकर्ता तथा वितरकले नेपाली बजारमा नयाँ एमजी हेक्टर औपचारिक रूपमा सार्वजनिक गरेको छ।
काठमाडौंको थापाथलीस्थित एमजी शोरुममा आयोजित विशेष कार्यक्रममा नयाँ एसयूभीको बिक्री–वितरण पनि औपचारिक रूपमा सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एमजी हेक्टरको प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
हालै मात्र एमजी विन्डसर र एमजी कमेट सार्वजनिक गरी बजारमा राम्रो प्रतिक्रिया पाएको कम्पनीले नयाँ हेक्टरमार्फत एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य राखेको छ।
कम्पनीले नयाँ एमजी हेक्टर आधुनिक डिजाइन, उन्नत प्रविधि र सुरक्षित ड्राइभिङ अनुभवसहित नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट









