`

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Nepal One HD ९ जेठ २०८३ १७:५८
समाचार

मकवानपुर । हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशाबाट आइरहेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जन गम्भीर घाइते भएका थिए ।

घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनापछि बस र बस चालक काभ्रेको चौंरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *