पोखरामा फिर्के खोला अतिक्रमण हटाउन महानगरको अपरेसन सुरु, मेयर धनराज आचार्य आफैं फिल्डमा(तस्वीरहरु)
फोटोफिचर
कास्की। पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । महानगरले खोलाको सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन डोजर परिचालन गरेको हो ।
अभियानको नेतृत्व मेयर धनराज आचार्य ले आफैं गरेका छन् । उनी बिहानैदेखि फिल्डमा पुगेर अनुगमन तथा निर्देशनमा सक्रिय देखिएका छन् ।
महानगरका अनुसार फिर्के खोलाको बहाव क्षेत्र अतिक्रमण हुँदा बाढी, डुबान र वातावरणीय समस्या बढ्दै गएको थियो । त्यसैले सार्वजनिक सूचना जारी गरी अतिक्रमित संरचना हटाउन सुरु गरिएको जनाएको छ ।
स्थानीय प्रशासन र सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने महानगरले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट









