फरार रहेका ३१९ जना पक्राउ
अपराध
काठमाडौं। नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दामा फरार रहेका २ हजार ३१९ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेश प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना रहेका छन् ।
उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूमाथि कुल ८२५ वर्ष २ महिना २५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना समेत असुल उपर गरिएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
