`

पत्रकार जगन्नाथ दुलाल सम्मानित

Nepal One HD १० जेठ २०८३ १६:५०
समाचार

काठमाडौं। न्यूज २४ टेलिभिजनका वरिष्ठ संवाददाता जगन्नाथ दुलाल रामप्रसाद घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले साधारणसभाकाे अवसर पारेर पत्रकार दुलाललाई सम्मानसहित पुरस्कृत गरेकाे हाे । दुलालले यसअघि राष्ट्रपतिबाट उत्कृष्ट युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए ।

संसदीय मामला र अदालत रिपोर्टिङमा रूचि राख्ने पत्रकार दुलालले काराेबार द‌ैनिक, बाह्रखरी डटकम, माउन्टेन टेलिभिजन, हिमालय टेलिभिजनमा वरिष्ठ संवाददाताका रूपमा काम गरिसकेका छन् ।

हाल उनी न्यूज २४ द‌ैनिका राजनीतिक ब्यूराेमा वरिष्ठ संवाददाता र न्यूज २४ टेलिभिजनमा २४ टक नामक टक शाेका सञ्चालन हुन् ।

दुलाल मेलम्ची बाढीका बेला आफ्नै घरजग्गा खाेलाले बगाइरहेका बेला लाइभ रिपोर्टिङ गर्न पुगेका थिए । त्यतिबेला दुलाल न्यूज २४ टेलिभिजनमा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *