`

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर बढाउन सांसदहरुको जोड

Nepal One HD १० जेठ २०८३ १६:१३
जीवनशैली/स्वास्थ्य

काठमाडौं।  नेपाल विकास अनुसन्धान प्रतिष्ठान ले आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरूले सुर्तीजन्य पदार्थ, मदिरा तथा चिनीयुक्त पेय पदार्थमा कर र अन्तःशुल्क वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

‘आगामी बजेटमा सुर्ती, मदिरा तथा चिनीयुक्त पदार्थमा कर र अन्तःशुल्क’ विषयक कार्यक्रममा सहभागी कर विज्ञ, अर्थशास्त्री र सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत कर दर बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले विगतमा गरिएको कर वृद्धि अपर्याप्त रहेको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै विज्ञहरूले सामान्य कर वृद्धिले मात्र जनस्वास्थ्यमा अपेक्षित सुधार नआउने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा कम्तीमा ७५ प्रतिशत कर हुनुपर्ने उल्लेख गर्दै नेपालमा हाल करिब ४१ प्रतिशत मात्र कर रहेको जानकारी दिइयो ।

विज्ञहरूले सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा करको दर कम्तीमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारले लिनुपर्ने बताएका छन् । साथै, बजेटमार्फत कर प्रणालीमा संरचनागत सुधार आवश्यक रहेको धारणा राखिएको छ ।

कर विज्ञ डा. रुप खड्का ले स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने वस्तुमा कर निर्धारण गर्दा सैद्धान्तिक र प्राविधिक पक्षलाई ध्यान दिनुपर्ने बताए । उनले हालको प्रतिशतमा आधारित कर प्रणाली प्रभावकारी नभएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *