`

विश्वकपमा यी चर्चीत खेलाडी देखिने छैनन् मैदानमा

Nepal One HD ११ जेठ २०८३ १२:४६
खेलकुद

काठमाडौँ ।  ११ जुनदेखि १९ जुलाईसम्म उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६ मा विश्व फुटबलका धेरै ठूला स्टार खेलाडीहरू मैदानमा देखिनेछन्। तर यसपटक केही चर्चित नामहरू भने प्रतियोगिताबाट बाहिरिने भएका छन्। 

कीर्तिमानी ४८ टोली सहभागी हुने विश्वकपको यो संस्करणमा छनोट चरणमै केही शक्तिशाली राष्ट्रहरू असफल हुँदा उनीहरूका स्टार खेलाडीले विश्वकप गुमाउनेछन् । 

नेयमार सहभागी ब्राजीलका रोड्रिगो, एडर मिलिसाओ, जोआओ पेड्रो यसपटकको विश्वकपबाट बाहिर रहनेछन्।   

चार पटकको विश्वकप विजेता इटाली यो पटक पनि विश्वकपमा छनोट हुन असफल भयो। यो सँगै इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट भएन । यो सँगै इटालीका लागि खेल्ने जियानलुइजी डोनारुम्मासान्द्रो टोनाली  जस्ता स्टार खेलाडी विश्वकपबाट वञ्चित हुने भएका छन्।

फिफा विश्वकपमा क्यामरुन र नाइजेरिया सफल टिम मानिन्छन्।  तर यो पटकको विश्वकपमा यी दुवै टोली छनोट हुन सकेनन्। यी दुई टोलीका भिक्टर ओसिम्हेनअडेमोला लुकम्यान  जस्ता चर्चित खेलाडी पनि विश्वकपबाट बाहिर रहनेछन्।

लामो फुटबल सिजनका कारण केही खेलाडी चोटका कारण पनि प्रतियोगिताबाट बाहिरिएका छन्। फ्रान्सका ह्युगो एकिटिके चोटका कारण विश्वकप खेल्न पाउने छैनन्। त्यस्तै, एडुआर्डो कामाभिङ्गा पनि टोलीमा स्थान बनाउन असफल भए।

यस्तै इंगल्याण्डबाट कोल पाल्मर , फिल फोडेन र ह्यारी म्याग्वायर  पनि यसपटक विश्वकपमा देखिने छैनन्।

अन्य चर्चित खेलाडीहरूमा सर्ज ग्नाब्री, रोबर्ट लेवान्डोभ्स्की , जाभी सिमोन्स, ख्भिचा क्वारात्स्खेलिया , डोमिनिक सोबोस्लाईजान ओब्लाक पनि सहभागी नहुने सूचीमा छन्। 

यसरी धेरै चर्चित खेलाडीको अनुपस्थितिले सन् २०२६ को विश्वकपमा केही ठूला स्टारहरूको चमक हेर्न नपाइने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *