`

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर

Nepal One HD ११ जेठ २०८३ १४:४८
बिशेष

वीरगञ्ज। मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमामा मुद्दा दायर गरिएको छ। अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार सोमबार अभियोगपत्र दर्ता गरिएको हो।

यादवका अनुसार गोला तानिसकेपछि दिउँसो मात्रै अभियोगपत्र अदालतमा पुगेकाले अब उक्त मुद्दामाथि मंगलबार सुनुवाइ हुने भएको छ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार सम्बन्धी कसुर तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दायर गरिएको अदालतले जनाएको छ।

हाल प्रसाईं प्रहरी हिरासतमा रहेका छन्। उनलाई अघिल्लो साता वीरगञ्जबाट पक्राउ गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *