संसदमा उठ्यो पत्रकार किशोर श्रेष्ठ पक्राउको कुरा[भिडियाे]
नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं। प्रतिनिधिसभा बैठकमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्ने सरकारको तयारीबारे चर्चा भएको छ ।
मंगलबारको बैठकमा बोल्दै युवराज दुलाल ले पत्रकार श्रेष्ठलाई पक्राउ गर्ने तयारी गरेर सरकारले सञ्चारमाध्यमलाई आतंकित बनाउने काम गरेको आरोप लगाए ।
“समाचार लेखेकै भरमा पत्रकारलाई आतंकित गर्ने जुन प्रवृत्ति अहिले देखिएको छ, यसले आम सञ्चारमाध्यममा संशय पैदा गरेको छ,” उनले भने ।
सञ्चारमाध्यमलाई सरकारको निर्बाध आलोचना गर्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै दुलालले समाचार लेखेकै आधारमा किशोर श्रेष्ठलाई पक्राउ गर्न खोज्नु सरकारको आतंक मच्चाउने प्रयास भएको जिकिर गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
