दुर्गा प्रसाईँ रिहा
पर्सा । दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालत ले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मी को इजलासले मंगलबार बयानपछि प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
आफ्नो अभियानका क्रममा पर्सा पुगेका प्रसाईँलाई गत जेठ ४ गते वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको थियो ।
प्रसाईँमाथि सेना, प्रहरी तथा प्रधानमन्त्रीलगायत राज्यका निकाय र विभिन्न सार्वजनिक व्यक्तित्वबारे होच्याएर टिप्पणी गरेको आरोप लागेको छ ।
केही दिनअघि एक युट्युब अन्तर्वार्तामा उनले बालेन्द्र शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क साम्पाङ लाई एउटै समूहले अघि बढाइरहेको दाबी गरेका थिए ।
त्यसैगरी, हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको पक्षमा बालेन्द्र शाह उभिए आफूले उनको तस्बिर घरमा राख्ने अभिव्यक्ति पनि प्रसाईँले दिएका थिए ।
