संसद् चल्दै गर्दा रवि लामिछाने किन गए अदालत ?
काठमाडौं । संसद् चल्दै गर्दा रास्वपा सभापति रवि लामिछाने अदालत पुगेका छन् । उनी काठमाडौं जिल्ला अदालतमा तारेख बुझ्न पुगेका हुन् ।
त्यहाँ उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित मुद्दा छ । सहकारी ठगीको अर्को मुद्दा पनि छ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको अर्बौँ रुपैयाँ रविसहित जीबी राईलगायतले ठगी गरेको भनिएको छ ।
लामिछानेले आफूले ठगी नगरेको जिकिर गर्दै आएका छन् । यद्यपि, उनले आफूले सहकारीबाट पैसा नल्याएको, जीबी राईले कहाँदेखि ल्याएको भन्ने आफूलाई थाहा नभएको बताउने गरेका छन् ।
लामिछानेविरुद्धको मुद्दामा थुनछेक हुँदा अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेविरुद्ध अहिले रुपन्देहीह र पर्सा अदालतमा अझै पनि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी मुद्दा छन् ।
कास्की अदालतले भने हालै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिएको छ ।
यसलाई लिएर विपक्षी दलहरुले कतै न्यायलय रास्वपा सभापति रवि लामिछानेप्रति नरम बनेको त होइन ? प्रश्न उठ्न थालेको छ ।
