`

मानहानी मुद्दामा ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

Nepal One HD १ कार्तिक २०८३ १७:०७
विश्व
काठमाडौ । चर्चित भारतीय युट्युबर ध्रुव राठीविरुद्ध भारतको दिल्लीस्थित साकेत अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सन् २०१८ मा दायर मानहानीसम्बन्धी मुद्दामा अदालतले उनीविरुद्ध धरौटीयोग्य पक्राउ पुर्जी जारी गरेको हो।

राठीलाई अदालतको सूचना तामेल गराउने प्रयास गर्दा उनीसँग सम्बन्धित घर बन्द अवस्थामा फेला परेपछि पक्राउ पुर्जी जारी गरिएको बताइएको छ।

यो मुद्दा विकास सांकृत्यायनले राठीविरुद्ध दिएको उजुरीसँग सम्बन्धित छ। उजुरीकर्ताले राठीले ‘बीजेपी आईटी सेल पार्ट–२’ शीर्षकको भिडियोमार्फत आफूविरुद्ध झुटा तथा भ्रामक आरोप लगाएको र त्यसबाट आफ्नो सामाजिक प्रतिष्ठामा आघात पुगेको दाबी गरेका छन्।

यस मुद्दाको सुनुवाइ आगामी नोभेम्बर २० का लागि तय गरिएको थियो। तर, उजुरीकर्ताले कानुनी प्रक्रिया अघि बढाउन माग गर्दै निवेदन दिएपछि अदालतले सुनुवाइको मिति परिवर्तन गरी अक्टोबर ३१ का लागि तोकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *