`

पाकिस्तानमा २० प्रहरी अपहरण, सुनसान चौकीमा पनि आक्रमण

Nepal One HD १ कार्तिक २०८३ १६:३१
अपराध

काठमाडौ । पाकिस्तानको बलुचिस्तानमा अज्ञात हतियारधारी समूहले २० प्रहरीलाई अपहरण गरेको छ। कलातबाट नोस्कीतर्फ निजी भ्यानमा घर फर्किरहेका प्रहरीलाई बाटोमै घेराबन्दी गरी अपहरण गरिएको हो।

सरकारी अधिकारीहरूका अनुसार अपहरणमा परेका सबै प्रहरी कलातस्थित प्रहरी तालिम केन्द्रमा प्रशिक्षणरत थिए। बिदामा घर जाने क्रममा हतियारधारी समूहले उनीहरू सवार भ्यान रोकेर नियन्त्रणमा लिएको थियो।

समूहले भ्यानका चालक र दुई-तीन जना सर्वसाधारणलाई भने केही दूरीमा लगेर छाडिदिएको बताइएको छ।

यसैबीच, बलुचिस्तानको किला अब्दुल्ला जिल्लामा रहेको खाली प्रहरी चौकीमा पनि आक्रमण भएको छ। दुवै घटनामा संलग्न समूहको पहिचान र अपहरणमा परेका प्रहरीको अवस्थाबारे थप विवरण सार्वजनिक भएको छैन।

पाकिस्तानको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तान लामो समयदेखि सशस्त्र हिंसाबाट प्रभावित छ। त्यहाँ विभिन्न सशस्त्र समूहले सुरक्षाकर्मी र सरकारी निकायलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *