`

३१ दिने छोरीको हत्या अभियोगमा आमा पक्राउ

Nepal One HD १५ जेठ २०८३ १३:३२
अपराध

काठमाडौं। तनहुँको शुक्लागण्डकी नगरपालिका-३ सिद्धार्थ टोलमा ३१ दिनकी शिशुको ज्यान गएको घटनामा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया मैना थापा रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

प्रहरीका अनुसार शिशुलाई घरबेटीको करेसाबारीमा खनेको खाल्डोमा गाडिएको अवस्थामा फेला पारिएको थियो। शिशुका बुबा ३६ वर्षीय गोपाल थापाले उक्त अवस्थामा देखेपछि तत्काल उद्धार गरेका थिए।

उनले शिशुलाई तुरुन्तै उपचारका लागि तनहुँ सेवा अस्पताल, दुलेगौँडा पुर्‍याएका थिए। तर अस्पतालका चिकित्सकले जाँचपछि साँझ ५:४५ बजे शिशुलाई मृत घोषणा गरेका थिए। 

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले आरोपित महिलालाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकी महिलाले डिप्रेसनको औषधि सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *