`

गाजाको ७० प्रतिशत भू-भाग कब्जा गर्न नेतान्याहूको निर्देशन

Nepal One HD १५ जेठ २०८३ १४:०१
विश्व

एजेन्सी। गाजाका थप क्षेत्रहरू कब्जा गर्न सेनालाई निर्देशन दिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्।

नेतन्याहुले सुरुआती लक्ष्य प्यालेस्टिनी क्षेत्रको ७० प्रतिशत भागमा नियन्त्रण कायम गर्नुरहेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो कदम अक्टोबर २०२५ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको सर्तविपरीत मानिएको छ।

गाजाको जनसंख्या पहिले नै समुद्री किनारसँगै रहेको अत्यन्तै सानो क्षेत्रमा खुम्चिएर बस्न बाध्य भएको छ।

अनुमानअनुसार इजरायलले गाजा पट्टीको करिब ६४ प्रतिशत भागमा प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ।

सन् २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि सुरु भएको इजरायलको दुई वर्ष लामो सैन्य अभियानका कारण यो सानो तटीय क्षेत्रको ठूलो हिस्सा भग्नावशेषमा परिणत भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *