`

आज खुल्यो बालेनले लगाएको सेतो गोल्डस्टार जुत्ताको राज

Nepal One HD १५ जेठ २०८३ १८:४३
फोटोफिचर

काठमाडौं। शुक्रबार बजेट भाषणपछि संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले लगाएको सेतो जुत्ता गोल्डस्टारको राज खोलेका छन्।

प्रधानमन्त्री शाह बजेट भाषण सकेर संसद बाहिर निस्किने क्रममा लबीमा सांसदहरुसँग हात मिलाउँदै छोटो भलाकुसारी गरिरहेका बेला उनले यसको राज खोलेका हुन्।

सदन बाहिर प्रधानमन्त्री शाह रास्वपा सांसद विदुषी राणासँग केहीबेर गफिए। त्यस क्रममा उनले आफूले लगाएको सेतो जुत्ता देखाउँदै ‘मैले नेपालकै प्रडक्ट लगाएको छु नि’ भन्दै गोल्डस्टार जुत्ता देखाएका थिए।

विदुषी गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी मालिक हुन्।

प्रधानमन्त्री बालेनले लगाउने गरेको सेतो जुत्ता गोल्डस्टार भएको आज खुलेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *