`

दुई भैंसी चोरी गरेको आरोपमा एक युवक पक्राउ

Nepal One HD १६ जेठ २०८३ ११:२५
अपराध

सप्तरी । दुई वटा भैंसी चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदेबरसाइन नगरपालिका-५ जाँजरका १९ वर्षीय शिवकुमार सदा रहेका छन् ।

प्रहरीका अनुसार डाक्नेश्वरी नगरपालिका-५ पातो सुन्दरपुर टोल निवासी मदनेश्वर सदाको गोठबाट मंगलबार राति दुई वटा भैंसी चोरी भएको थियो । घटना सम्बन्धी सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।

खोजीका क्रममा बोदेबरसाइन नगरपालिका-१० खडकपुर टोलस्थित हुलाकी सडक खण्डमा भैंसीसहित पैदल हिँडिरहेको अवस्थामा सदालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनीविरुद्ध चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, पक्राउ परेका सदाले स्थानीयसँगको सोधपुछका क्रममा आफूलाई ज्यालामा काम लगाइएको दाबी गरेका छन् । उनले जाँजरकै एक व्यक्तिले भैंसी लैजान लगाएको र प्रहरी देखेपछि भाग्न भनेको आरोप लगाएको स्थानीयले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *