`

कपीराइट अलर्ट ह्याकिङ : एक क्लिकमै खाता चैट

Nepal One HD १६ जेठ २०८३ १४:०५
प्रमुख खबर

काठमाडौं। पछिल्लो महिना सामाजिक सञ्जाल तथा म्यासेजिङ प्लेटफर्महरूमा नेपाल टेलिभिजन (एनटीभी) को नाम दुरुपयोग गरी नक्कली तथा भ्रामक सूचना फैलाइएको पाइएको छ।

यस्ता म्यासेजमार्फत प्रयोगकर्तालाई ‘कपीराइट उल्लंघन दस्तावेजीकरण’ शीर्षक भएको ‘पीडीएफ’ फाइल खोल्न आग्रह गरिएको छ।  जुन साइबर सुरक्षा विज्ञहरूका अनुसार फिसिङ आक्रमण हो।

उक्त म्यासेजमा ‘कपीराइट उल्लंघन दस्तावेजीकरण गर्न ‘फाइल.पीडीएफ’ नामको फाइल समावेश गरिएको हुन्छ। उक्त फाइल वा लिंक खोल्दा प्रयोगकर्ताको मोबाइल वा कम्प्युटर प्रणाली तथा व्यक्तिगत अकाउन्टमा अनधिकृत पहुँच प्राप्त गर्ने जोखिम रहने बताइएको छ। पछिल्लो एक सातादेखि यस्ता म्यासेज विभिन्न प्रयोगकर्तासम्म पुगिरहेको देखिएको छ।

साइबर सुरक्षा विज्ञहरूले यस्ता अनधिकृत लिंक तथा फाइल खोल्दा व्यक्तिगत डाटा चोरी, बैंकिङ विवरणमा पहुँच तथा सामाजिक सञ्जाल अकाउन्ट ह्याक हुनेजस्ता जोखिम उच्च हुने चेतावनी दिएका छन्।

उनीहरूले अनजान स्रोतबाट आएको कुनै पनि फाइल नखोल्न र तुरुन्तै मेटाउन सुझाव दिएका छन्।

सुरक्षाका लागि प्रयोगकर्तालाई यस्ता म्यासेज प्राप्त भएमा कुनै पनि अवस्थामा लिंक वा पीडीएफ फाइल नखोल्न, म्यासेज तुरुन्तै हटाउन तथा आवश्यक परेमा सम्बन्धित साइबर सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरिएको छ।

साइबर अपराध नियन्त्रणमा कार्यरत निकायहरूले पनि यस्ता गतिविधि बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन्।

नेपाल टेलिभिजन ले पनि आफ्नो नाम प्रयोग गरी फैलाइएको उक्त सूचना पूर्ण रूपमा झुटो र भ्रामक भएको स्पष्ट पारेको छ।

संस्थाले यस्ता कुनै पनि पीडीएफ वा सूचना जारी नगरेको र आफ्नो नाम दुरुपयोग गरी गरिएको गतिविधि कानुनी रूपमा दण्डनीय हुने जनाएको छ।

विज्ञहरूका अनुसार फिसिङ आक्रमणहरू दिनप्रतिदिन एडभान्स बन्दै गएका छन्।  जसले प्रयोगकर्तालाई झुक्याउन सरकारी वा विश्वसनीय संस्थाको नाम दुरुपयोग गर्ने प्रवृत्ति बढिरहेको छ।

यस्तो अवस्थामा व्यक्तिगत सतर्कता नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय हुने उनीहरूको तर्क छ।

यो हेर्नुहोस् :

नक्कली कपीराइट अलर्टबाट ह्याकिङ प्रयास, एक क्लिकमै खाता जोखिममा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *