आइएम जीत बहादुर’ को ट्रेलर सार्वजनिक(ट्रेलरसहित)
चलचित्र
काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउतले अभिनय गरेकी छन्।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, निरज नेपाल, अन्सु महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।
यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह-निर्माताका रूपमा रहेका छन्।
ट्रेलर:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
