`

१० दिनमै ‘दृश्यम ३’ले २१९ करोडभन्दा बढी कमायो

Nepal One HD १७ जेठ २०८३ १५:१६
चलचित्र

एजेन्सी । मलयालम सुपरस्टार मोहनलाल अभिनीत क्राइम थ्रिलर फिल्म ‘दृश्यम ३’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्दै २ सय करोडभन्दा बढीको कमाइ गरेको छ ।

फिल्मले प्रदर्शनको १० दिनमै विश्वभर २१९.६९ करोड भारतीय रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा लगातार राम्रो व्यापार गर्दै यस वर्षकै ठूलो मलयालम ब्लकबस्टरमध्ये एकको रूपमा स्थान बनाएको छ ।

भारतमा फिल्मले पछिल्ला दिनहरूमा स्थिर गति कायम राखेको बताइएको छ । ट्रेड वेबसाइट स्याक्निल्कका अनुसार ‘दृश्यम ३’ ले शनिबार मात्रै भारतमा ५.०५ करोड रुपैयाँ कमाएको छ ।

यससँगै भारतमा फिल्मको कुल नेट कमाइ ९१.३० करोड रुपैयाँ पुगेको छ भने ग्रस कमाइ १०५.९४ करोड रुपैयाँ रहेको छ ।

निर्देशक जीतु जोसेफद्वारा निर्देशित फिल्ममा मोहनलालसँगै सिद्दिकी, आशा शरथ, मीना, मुरली गोपी, अन्सिबा हसन र एस्थर अनिल लगायत कलाकारको अभिनय रहेको छ । मोहनलालले यसमा आफ्नो चर्चित पात्र जर्जकुट्टीको भूमिका पुनः निर्वाह गरेका छन् ।

‘दृश्यम ३’ मे २१ (जेठ ७) देखि प्रदर्शनमा आएको हो । नेपालमा भने यो फिल्म प्रदर्शनमा आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *