`

प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि कांग्रेसको आपत्ति

Nepal One HD १८ जेठ २०८३ १४:५४
प्रमुख खबर

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले उक्त भनाइलाई ‘आत्मघाती’ भन्दै प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण माग गरेको हो।

कांग्रेस सचेतक निश्कल राईले बैठकमा बोल्दै प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्ने अभिव्यक्ति कुनै तथ्य र प्रमाणबिना आएको भन्दै त्यसले गम्भीर प्रश्न उठाएको बताए। उनले प्रधानमन्त्रीलाई रोष्ट्रमबाट स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

उनले भने, ‘सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्नुभएको हो ? के स्वार्थ पूरा गर्न चाहनुभएको हो ? यसको जवाफ हामीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले रोष्ट्रमबाट दिनुपर्छ, अनिमात्र सदनमा सहकार्य गर्न सकिन्छ।’ उनले थप्दै भने, ‘हाम्रो राष्ट्रियतामाथि कार्यकारी प्रमुखले बोलेको धावा करेक्सन नभएसम्म सदनमा अगाडि सहकार्य गर्न सकिँदैन। रुलिङ होस् सभामुख महोदय।’

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रहितविपरीत’ भन्दै त्यसबारे सभामुखले रुलिङ गर्नुपर्ने मागसमेत गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *