`

विपक्षीले छाडेनन् अडान

Nepal One HD १८ जेठ २०८३ १६:४९
समाचार

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले पुनः अवरोध गरे ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्।

प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रोशित बनेका छन्।

उनीहरूले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आफ्नो आसनमा बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म संसद् चल्न नदिने अडान विपक्षी दलहरूले लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *