सशस्त्र प्रहरीका जवानसहित महाकालीमा दुई जना मृत फेला
बिशेष
धनगढी । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरीका एक जवानसहित दुई जना मृत अवस्थामा फेला परेका छन्।
सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगरको शव सोमबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार दुवै जनाको शव महाकाली नदीमा भेटिएको हो।
उनका अनुसार तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको छ। यस्तै, सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्र नजिक भारततर्फको महाकाली नदी किनारमा भेटिएको डीएसपी सिंहले जानकारी दिए।
दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
