सभापति लामिछाने र भाजपा अध्यक्ष नीतिन नविनबीच भेटवार्ता हुँदै
बिशेष
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटवार्ता गर्ने भएका छन्।
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीका अध्यक्ष नीतिन नविनसहित उच्च तहका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
सभापति लामिछानेको सचिवालयका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक शक्तिबीचको सहकार्य, राजनीतिक अनुभव आदानप्रदान तथा दुई देशका दलहरूबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
