विरगंजका मेयर सिंह पक्राउ
समाचार
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सिंहलाई आज बिहान करिब ६ः१५ बजे पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो।
स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।
पक्राउ परेका सिंहलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
