`

२ घण्टा ढिलो बसेको संसद बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित [तस्वीरहरू]

Nepal One HD १९ जेठ २०८३ १६:३४
फोटोफिचर

काठमाडौं। प्रतिनिधिसभा बैठक मंगलवार कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक अघि बढ्न नसकेको हो।

बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेका थिए।

प्रधानमन्त्री शाहले जेठ १७ गते संसदमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर राजनीतिक दलहरूबीच तीव्र विवाद उत्पन्न भएको छ।

विपक्षी दलहरूले उक्त भनाइलाई अस्वीकार्य, असंवेदनशील र कूटनीतिक रूपमा जोखिमपूर्ण भन्दै तत्काल स्पष्टीकरण र माफीको माग गरेका छन्।

अवरोध जारी रहँदा सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन र अन्ततः बैठक स्थगित गरिएको सभामुखले जानकारी दिएका छन्। यससँगै प्रतिनिधिसभाको अर्को बैठक आगामी २५ गतेका लागि तय गरिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदमा उत्पन्न विवादले राजनीतिक तनाव बढाएको छ।

साथै, सीमा तथा कूटनीतिक संवेदनशीलतासम्बन्धी विषयमा नयाँ बहससमेत सुरु भएको छ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *