१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
समाचार
कैलाली। प्रहरीले कैलालीका विभिन्न स्थानबाट रु १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आज भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका तथा बेवारिसे अवस्थाका सो मोटरसाइकल बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
बरामद गरिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि टीकापुरस्थित सत्ती भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
