`

महिलालाई विदेश पठाएको आरोपमा ६ जना पक्राउ

Nepal One HD २२ जेठ २०८३ १३:०२
अपराध

काठमाडौं । गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न जिल्लाका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साह रहेका छन्।

त्यस्तै, मोरङ सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ र खोटाङ जन्तेढुङ्गा गाउँपालिका-३ का पशुपति राई पनि पक्राउ परेका छन्। उनीहरूलाई गत बुधबार र पछिल्ला दिनमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ३१ लाख ८० हजार रुपैयाँ नगद बरामद गरिएको छ। उनीहरूले महिलालाई गैरकानुनी रूपमा विदेश पठाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *