श्रीमतीको हत्या आरोपमा ‘नेपाली ब्रो’ पक्राउ
अपराध
काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
नेपाल प्रहरीका अनुसार पैँयुटार निवासी ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए।
शुक्रबार राति करिब १०ः१० बजे भएको उक्त घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो।
उपचारकै क्रममा भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
