`

सारंगीवादन, गायन हुँदै निर्देशनमा पनि जम्दै  हेमन्त कान्छा, शनिबार रिलिज गरे रेलीमैको भिडियो

Nepal One HD २४ जेठ २०८३ ७:५७
भिडियो

म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका हाल अमरज्योति माविमा अध्यापनरत तुलप्रसाद पुन (नयन बाबु)को प्रस्तुतिमा मगर समुदायको प्रचलित मौलिक शिरफुले भाका रेलिमैको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

मौलिक कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त म्युजिक भिडिओ शनिबार बिहान गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाईलीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

निर्माता पुन र  गायक रसाईलीकै शब्द तथा लय रहेको गीतमा स्वयं गायक रसाईली सहित कृष्ण परियार, गीता पाईजा, सुमन थापा र अमृता लामिछानेले स्वर भर्नुभएको छ ।

मालिका गाउँपालिकाको वडा नम्बर ४ पर्यटकीय स्थल सोले डाँडा ,ओखरबोट लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडिओको निर्देशन समेत गायक रसाइलिको रहेको छ । म्युजिक भिडिओमा स्वयं गायक रसाइली ,निर्माणकर्ता पुन , कलाकारहरू पविता पुन, नवीन मगर, सुष्मा बुढाथोकी , करुणा बुढा लगायतको अभिनय रहेको छ। भिडिओ हेर्नुहोस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *