`

मिल्न छोड्यो प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री खनालको बोली [भिडियो]

Nepal One HD २४ जेठ २०८३ १३:१३
प्रमुख खबर

काठमाडौं। प्रधानमन्त्री बालेन र परराष्ट्रमन्त्री शिशिर खनालको बोलीमा तालमेल मिल्न छाडेको छ ।

बालेनले १७ जेठमा भनेका थिए– नेपाल–भारत सीमा विवाद सुल्झाउन इङ्ल्यान्डको सरोकार हुनुपर्छ । यसको अर्थ हो– इङ्ल्यान्डको भूमिका नेपाल–भारत सीमा समस्या समाधानमा हुनुपर्छ ।  प्रधानमन्त्री बालेनले बेलायतलाई इङ्ल्यान्ड भनेका हुन् ।

तर, उनकै सरकारका परराष्ट्रमन्त्री शिखिर खनालले भारतको दिल्ली पुगेर भने– सीमाको विषयमा बेलायतको मध्यस्तता खोजेका होइनौँ । यसले देखाउँछ कि एकै विषयमा सरकारको दुई फरक धारणा छ ।

कूटनीतिक अभ्यासमा यस्तो असंगत अभिव्यक्तिलाई अपरिपक्व तथा असंवेदनशील संकेतका रूपमा लिइन्छ, किनभने यसले अन्तर्राष्ट्रिय तहमा राज्यको नीति र विश्वसनीयतामाथि प्रश्न उठाउने जोखिम रहन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *