जेनजी आन्दोलनका क्रममा भागेका ‘खत्री’ सुन्धाराबाट पक्राउ
अपराध
काठमाडौं। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला, तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय लवटलाई काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुबाट फरार रहेका लवटलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो ।
पक्राउपछि उनलाई प्रहरी वृत्त जनसेवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
