`

सासू-ज्वाईंले गरे बिहे, बिहेपछि दुबै बेपत्ता

Nepal One HD २५ जेठ २०८३ १६:३०
विश्व

एजेन्सी। भारतको उत्तर प्रदेशस्थित कानपुर जिल्लामा सासू र ज्वाईंबीच विवाह भएको एक अनौठो घटना सार्वजनिक भएको छ।

ज्वाईं आफ्नी सासूको सुन्दरताप्रति आकर्षित भई आफ्नी पत्नीलाई छोडेर सासूसँग विवाह गरेका छन्। दुवै जना अदालत पुगेपछि कानुनी रूपमा विवाह सम्पन्न भएको बताइएको छ।

त्यसपछि उनीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको घोषणा गरेका छन्। घटना बाहिरिएपछि नवविवाहित जोडी फरार भएको खबरमा उल्लेख गरिएको छ। यो घटना अकबरपुर थाना क्षेत्रको हो।

सामाजिक सञ्जालमा उनीहरूको विवाह घोषणाको भिडियो भाइरल भएपछि ठूलो विवाद उत्पन्न भएको छ। स्थानीय स्तरमा यस घटनाबारे व्यापक चर्चा भइरहेको छ।

के हो घटना?

अकबरपुर थाना क्षेत्रबाट सासू-ज्वाईंबीच प्रेम सम्बन्ध र विवाहको घटना सार्वजनिक भएको हो। भारतीय मिडियाका अनुसार, युवक आफ्नी सासूप्रति आकर्षित भएपछि उनीसँगै बस्ने निर्णयमा पुगेका थिए। त्यसपछि दुवै जना कानपुर नगरस्थित अदालत पुगे र त्यहाँ कानुनी रूपमा विवाह सम्पन्न गरे।

विवाहपछि उनीहरूले बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो, जसले सबैलाई चकित बनायो। भिडियो सार्वजनिक भएपछि विभिन्न प्रकारका चर्चा–परिचर्चा सुरु भएको छ।

अचम्मको कुरा के छ भने, उनीहरूले विवाह लुकाउनुको सट्टा आफैं सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। भिडियोमा उनीहरू आफ्नो नयाँ सम्बन्ध स्वीकार गर्न र आशीर्वाद दिन अपिल गर्दै देखिएका छन्।

ज्वाईं र सासूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। पछि उनीहरूले परिवार र समाजको परवाह नगरी सँगै बस्ने निर्णय गरेका थिए। त्यसपछि उनीहरूले कानुनी रूपमा विवाह गरेका हुन्। भिडियोमा दुवै जनाले आफ्नो इच्छाअनुसार विवाह गरेको र एकअर्कासँग जीवन बिताउन चाहेको बताएका छन्।

विवाहको घोषणा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दुवै जना घरबाट बेपत्ता भएको बताइएको छ। उनीहरू हाल फरार अवस्थामा रहेको भनिएको छ।

यस घटनाले पीडित पत्नी तथा परिवारका सदस्यहरू गहिरो मानसिक आघातमा परेको बताइएको छ। दुवै जनाको खोजी भइरहेको पनि उल्लेख गरिएको छ। तर हालसम्म प्रहरीको औपचारिक प्रवेशबारे स्पष्ट जानकारी आएको छैन।

यसअघि उत्तर प्रदेशकै अलीगढ जिल्लामा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएको थियो। त्यहाँ विवाह हुनुअघि नै हुनेवाला ज्वाईंसँग एक महिला फरार भएको र पछि विवाह गरेको बताइएको थियो।

त्यस घटनामा छोरीको विवाहको तयारी भइसकेको थियो र विवाहको कार्ड समेत वितरण भइसकेको थियो।

पछि ती दुवै जना थानामा उपस्थित भएर सँगै बस्ने निर्णय गरेका थिए। तर एक वर्षपछि उनीहरूबीच विवाद बढेर पुनः प्रहरीसम्म पुगेको पनि उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *