`

इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा

Nepal One HD २७ जेठ २०८३ १९:४५
विश्व

तेहरान – इरानी विदेश मन्त्रालयले बुधबार इरान विरुद्धको अमेरिकी. सैन्य आक्रामकको कडा निन्दा गरेको छ ।

स्ट्रेट अफ होर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि, संयुक्त राज्य अमेरिकाले बुधबार इरानको दक्षिण क्षेत्रमा “क्रूर“ आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

इरानको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको खुल्लम–खुल्ला उल्लङ्घनको भएको भन्दै प्रतिक्रियामा, इरानी सशस्त्र बलले आत्मरक्षाको क्रममा मध्य पुर्वमा रहेका अमेरिकी आधार र सम्पत्तिमा प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इरानले क्षेत्रीय देशहरूलाई इरानविरुद्ध “आक्रमणकारी कार्यहरू“ गर्न, सङ्गठित अपराध गर्न र समर्थन गर्न आफ्नो क्षेत्र र सुविधाहरूको प्रयोग रोक्न आग्रह गर्दै जवाबी कारबाहीको चेतावनी दिएको छ ।

आक्रमण पछि इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले आफ्ना टर्की र साउदी समकक्षी हाकान फिदान र फैसल बिन फरहान अल सौदलाई पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छुट्टा – छुट्टै फोनवार्ता गरेको जनाइएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले बुधवार बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले बुधबार सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको“ प्रतिक्रियामा इरानी लक्ष्यहरू विरुद्ध “आत्मरक्षा“ आक्रमणहरू गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *