`

कश्मीरमा हेलिकप्टर दुर्घटना

Nepal One HD २७ जेठ २०८३ १९:५६
विश्व

कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको छ ।

पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर मुजफ्फराबाद नजिकै टेक–अफ गर्दा प्राविधिक समस्या कारण दुर्घटनाग्रस्त भएको सेनाको मिडिया शाखाले विज्ञप्ति मार्फत जनाएको छ ।

सेनाले मृतकको सङ्ख्या उल्लेख नगरी जहाजमा सवार रहेका सबै जनाको मृत्यु भएको, जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *