`

३ सय ३८ किलो झ्याउसहित चार जना पक्राउ

Nepal One HD २९ जेठ २०८३ १२:११
अपराध

धनगढी ।दार्चुलामा अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। भारततर्फ तस्करीको तयारी भइरहेको अवस्थामा उक्त झ्याउ फेला परेको हो।

घटनास्थलबाट अवैध झ्याउ ओसारपसारमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–४ का ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्की रहेका छन्।

बरामद गरिएको झ्याउको कुल तौल करिब १,३६८ किलोग्राम रहेको र यसको बजार मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको वन पैदावार आवश्यक कानुनी प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाको जिम्मा लगाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *